काठमाडौं, १९ माघ । सुदूर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदीप युवा क्लब र नमूनादीप युवा क्लब तेश्रो रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा समूहमा पहिलो स्थान हात पार्दै क्वार्टफाइनल प्रबेश गरेको छ ।
पूर्वाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हिमगंगा पनि समूहमा दोश्रो स्थान पाउदै क्वार्टरफाइनल प्रबेश गरे । लोकतान्त्रिक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड क्वार्टरफाइनलमा प्रबेश गरे पनि यी दुर्इ बीच समूह विजेताको टुंगो शुक्रबार लाग्ने छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा जारी प्रतियोगिताको बिहीबार भएको खेलमा सुदूर पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१५,२५–१७ र २५ –१५ ले तथा पूर्वाञ्चललाई २५–१६,२५–१५ र २८ –२६ ले हराउदै समूह एमा पहिलो भयो ।
सो समुहमा पूर्वाञ्चल दोश्रो भयो । यसै समूहमा रहेको मध्यमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । यसैगरी, समूहबीको खेलमा लोकतान्त्रिक खेलकुदले पश्चिमाञ्चललाई १४–२५, २५–१९,१९–२५,२५–१७ र १५ –११ ले हरायो ।
मन्थली युनाइटेडले पनि पश्चिमाञ्चललाई २७–२५,२७–२५ र २५ –१८ ले हराउँदै समूह बीबाट नकआउट चरणमा प्रबेश गरे । यस समूहबाट पनि पश्चिमाञ्चल बाहिरिएको छ ।
मध्यपश्चिमलाई २५–१३,२५–१८ र २५ –१९ ले हराउदै शान्तिदीपले समूह सीमा पहिलो स्थान पायो । समूह डीमा हिमगंगालाई २५–१८,२५–१४ र २५ –२० ले हराउदै नमूनादिन पहिलो भएको हो ।
लिगकम नकआउट आधारमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार क्वार्टरफाइनल र सेमिफाइनल खेल हुने संयोजक सीताराम कार्कीले जानकारी दिए । शुक्रबार नै समुह चरणको एक खेल पनि हुनेछ ।
शनिबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ ।
यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउनेछ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।















प्रतिक्रिया