२ कार्तिक २०८३, सोमबार

बालकृष्ण ढुंगेललाई जेलमा भेटेपछि बाबुरामको यस्तो आयो प्रतिकृया

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा व्यक्ति हत्या मुद्दामा जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेलसँग डिल्लीबजार कारागारमा बिहीबार भेट गरेका छन् ।

भेटपछि नेता डा भट्टराईले सामाजिक सञ्जालमा प्रतिकिृया दिँदै ढुंगेलसँगको भेटेपछि आफूलाई आत्मग्लानी भएको बताए । ढुंगेललाई जनयुद्धका सहयोगद्धाको संज्ञा दिँदै भट्टराईले दुस्ख व्यक्त गरे ।

क्रान्तिलाई ‘अपराध’ मान्न मन तयार नभएको उनले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो । क्रान्तिलाई ‘अपराध’ मान्न मन कत्ति तयार भएन । जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी÷समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?’

https://www.facebook.com/DrBaburamBhattarai/photos/a.417935905010592.1073741836.304641956339988/1212573055546869/?type=3&theater