बागलुङ, २१ मंसिर । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बागलुङको शैक्षिक संस्थामा आर्थिक सहयोग गर्नुभएको छ ।
बागलुङको अमलाचौरमा जन्मिनुभएका ढकालले पैयुँपाटामा आयोजित धनधान्याचल महायज्ञका अवसरमा शनिबार २५ लाख सहयोग गर्ने घोषणा गर्नुभयो । त्रिभुवन उच्चमावि पैयुँपाटा क्याम्पस निर्माणका लागि महायज्ञ गरिएको हो ।
कार्यक्रममा ढकालले हरेक वर्ष सो क्याम्पसबाट उत्कृष्ट हुने एक जनालाई आइएमई समूहमा रोजगारीको अवसर दिइने घोषणा पनि गरेको उमावि व्यवस्थापन समितिका अध्यक्ष चूडामणि शर्माले बताउनुभयो । शनिबारसम्म महायज्ञमा एक करोड दुई लाख ५६ हजार संकलन भएको बताइएको छ ।















प्रतिक्रिया