२ कार्तिक २०८३, सोमबार

पुलिस क्लब आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । विभागीय टोली नेपाल पुलिस क्लब १६ औँ आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । धरान फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब गोल्डकपको फाइनलमा पुगेको हो ।

फाइनलमा पुलिस क्लबले उपाधिका लागि शनिबार थ्री स्टार क्लबसँग भिड्ने भएको छ । पुलिसलाई जिताउन सुमन लामाले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए । पेनाल्टी मार्फत गरेको सो गोल नै निर्णायक सावित भयो ।

२१ औँ मिनेटमा पुलिसका रवि पासवानलाई डि–बक्समा लडाएपछि रेफ्रीले धरानका डिफेन्डर रोमन लिम्बुलेलाई पहेलो कार्ड दिएसँगै पुलिसले पेनाल्टीको अवसर पाएको थियो ।