काठमाडौं, १८ माघ । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सम्मिलित एकता संयोजन समितिको बैठक बसेको छ ।
एमालेका अध्यक्ष केपी ओलीको भक्तपुरस्थित निवासमा बैठक जारी छ । बैठकमा राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल हुनेछ ।
बैठकमा एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, शंकर पोखरेलसहितका नेताहरूको सहभागिता रहेको छ ।















प्रतिक्रिया