४ कार्तिक २०८३, बुधबार

नवराजको भिडियो कोलोराडोमा छायाँकन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका नायक नवराज श्रेष्ठको नयाँ म्युजिक भिडियोको छायाँकन सकिएको छ ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका नायक श्रेष्ठ अभिनित म्युजिक भिडियो अमेरिकाकै कोलोराडोमा छायाँकन सम्पन्न गरी बजारमा आउने अन्तिम तयारीमा रहेको छ ।

मधुकर लोहनीको शब्द संगीत र गायक मनोज राइको आवाज रहेको यो गीतको भिडियोलाई केदार उप्रेती र सुरेन्द्रमान सिंहले निर्देशन गरेको भिडियोलाई निर्देशक सिंहले नै खिचेका हुन् । गीतको भिडियोमा नायक नवराज श्रेष्ठ, नायिका बिनिता बराल, अमेरिकन मोडल एलेसिक्स र केदार उप्रेतीको अभिनय रहेको छ ।

नायक श्रेष्ठका अनुसार महंगो खर्चमा तयार गरिएको यो भिडियोमा मौसम अनुसार नेगेटिभ १८ डिग्री सेल्सियसमा कोलोराडो क्षेत्रका बिभिन्न रमणिय स्थानहरुलाई कैद गरिएको छ साथै बजारमा आउने अन्तिम तयारीमा रहेको यो भिडियो अमेरिकामा छायाँकन भएपनि नेपालमा नै भब्य समारोहका बीच सार्वजनिक गरिनेछ ।