‘मिस हेरिटेज इन्टरनेशनल–२०१४’ को उपाधि म्यान्मारकी सुन्दरी ह्लायिङ क्यायीले जितेकी छन् । पहिलोपटक नेपालमा आयोजना भएको प्रतियोगितामा नेपाललगायत १२ देशका सुन्दरी अन्तिम स्पर्धाका उत्रिएका थिए । ई–प्लानेटद्वारा शुक्रबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा आयोजित कार्यक्रममा आफ्ना ११ स्पर्धीलाई पछि पार्दै क्यायीले ताज चुमेकी हुन् ।
प्रतियोगितामा थाइल्याण्डकी सुन्दरी क्विन्त्रा प्रफासानोडम फस्ट रनरअप भए भने सेकेन्ड रनरअपको ताज भारतीय सुन्दरी शितल उपरेले चुमेकी छन् । उपाधि विजेताहरुलाई क्राउनसहित विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिएको छ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ मा नेपाल, म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, बंगलादेश, भारत, जिम्बावे, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सहभागी थिए । प्रतियोगितामा नेपालका तर्फबाट नानी थापाको सहभागिता थियो । प्रतियोगितामा विभिन्न टाइटल उपाधि पनि दिइएको थियो ।
‘मिस हेरिटेज इन्टरनेसल २०१४’को कोरियोग्राफी संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा उनलाई थाइल्याण्डका अनुरत कोसाकुलले सहकार्य गरेका थिए । प्रतियोगिताम सहभागीले आफ्नो राष्ट्रियता झल्काउने पहिरनमा आ आफ्नो परिचय दिएका थिए भने त्यसपछि फेसन डिजाइनर समा बानुले तयार पारेका ढाकाका पहिरनमा सहभागीहरुको प्रस्तुति थियो । वातावरणीय सजगता र सचेतता झल्काउने पहिरन हुँदै इभिनिङ गाउनसम्मको प्रस्तुतिपछि सहभागिमध्ये उत्कृष्ट ८ ले अन्तिम निर्णायक पश्नको सामना गरेका थिए । यसपछि विजेताको निक्र्यौल गरिएको थियो ।














प्रतिक्रिया