मुम्बई । बलिउड नायिका रिया सेनको एउटा तस्बिरले हलचल मच्चाएको छ । रियाले ब्रा र पेन्टीमा योग गरेको तस्बिर सार्वजनिक गरेपछि उनको चर्चा भएको हो ।
रिया अचेल पति शिवम् तिवारीका साथमा गोवामा मस्ती गरिरहेकी छिन् । उनले धेरै भइसक्यो फिल्म खेल्न नपाएको ।
योग गरेको तस्बिरमा उनी बिकिनीमा छिन् । बिकिनी लगाएर योग गरिरहेकी रियाका ती फोटा उनका पतिले खिचेको बताइन्छ । अहिले सामाजिक सञ्जालमा रियाका ‘टु पिस’ फोटाले चर्चा पाएका छन् ।
छिट्टै नै एकता कपूरको वेब सिरिज रागिनी एमएमएस २.२ मा अभिनय गर्न लागेकी रिया पछिल्लोपटक बंगाली फिल्म ‘डार्क चक्लेट’मा देखापरेकी थिइन् । – एजेन्सी



















प्रतिक्रिया