काठमाडौँ, १६ माघ । भारतीय घरेलु फुटबल लिग आई लिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार म्यान अफ दि म्याच घोषित भएका छन् । खेल अवधिभर उत्कृष्ट बचाउ गरेका चेम्जोङ खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका हुन् ।
चेम्जोङ आबद्ध टोली मिनर्भा पञ्जावले ईष्ट बंगाल टिमसँग २–२ को बराबरी खेल्यो । बराशात रंगशालामा दुई शून्यको अग्रता जोगाउन नसक्दा पाहुना टोली मिनर्भा पञ्जावले खेलमा अंक बाँड्न बाध्य भयो ।
इस्ट बंगालले एकतर्फी आक्रमण गरेको खेलमा किरणले थुप्रै बचाउ गर्दै पेनाल्टी पनि बचाएका थिए । ‘म्यान अफ द म्याच’ बनेका चेम्जोङले २५ हजार भारु पनि प्राप्त गरेका छन् ।















प्रतिक्रिया