काठमाडौँ, १६ माघ । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पोखरामा जारी १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङलाई ३–१ ले पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पुलिसले मनाङलाई दवावमा राख्दै दोस्रो हाफमा लगातार ३ गोल गर्यो । पुलिसका लागि ५३ औँ मिनेटमा निरकुमार राईले पहिलो गोल गरे । त्यसपछि ५६ औँ मिनेटमा निरकुमारकै पासमा दिनेश राजबंशीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । पुनः खेलको ७१ औँ मिनेटमा सुमन लामाले गोल गरेसँगै पुलिसले ३-० को अग्रता लिन सफल भएको थियो ।
मनाङका बिशाल राईले ८० औं मिनेटमा १ गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच पुलिसका सुमन लामा भए ।















प्रतिक्रिया