२ कार्तिक २०८३, सोमबार

जुत्ता पालिस गरेर काँग्रेस नेताहरुले कति कमाए ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सम्झनामा मंगलबार बिहान १० देखि ११ बजेसम्म काठमाडौँको बानेश्वरमा काँग्रेसका केही केन्द्रीय नेताहरूले सर्वसाधारणका जुत्ता पालिस गरेको देखियो ।

राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यङ्ग्य गर्दै काँग्रेसका नेताहरुले भट्टराईको सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेका बताएका छन् । काँग्रेस हाल गलत बाटोमा हिँडेकाले नेतृत्वलाई चुनौति दिनमा पनि सो कार्यक्रम गरिएको बताइएको छ । नेताहरुले १ घण्टा जुत्ता पालिस गरेर कति कमाए ।

काँग्रेस नेता धनराज गुरुङका अनुसार एक घण्टा जुत्ता पालिस गर्दा झण्डै ३० हजार कमाई भएको छ । जुत्ता पालिस गरेवापत एक सय रुपैयाँ देखि ५ हजारसम्म दिएको गुरुङले बताए । जम्मा भएको पैसा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको कोषमा जम्मा हुने गुरुङले जानकारी दिए । सो कार्यक्रममा काँग्रेस नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराईलगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए ।