मुम्बई । भारतीय फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ ।
हैदराबादको हिमायत नगरमा ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि करीमुल्ला नामका ३१ वर्षीय युवकले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गरे पनि तमन्नलाई लागेन । जुत्ता प्रहार भएको देखेपछि ज्वेलरीका एक कर्मचारीले छेकेका थिए ।
बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भूमिकामा असन्तुष्टि जनाउँदै करीमुल्लाले जुत्ता हानेको नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्द्रले जानकारी दिएका छन् । उनीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ । – एजेन्सी





















प्रतिक्रिया