१ कार्तिक २०८३, आइतबार

कुवेतमा अवैध कामदारका लागि २५ दिने आममाफी सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोपाल शिवा

कुवेत, १५ माघ । कुवेत सरकारले जनवरी २९ देखि फेब्रअरी २२ (माघ १५ देखि फागुन १० गते) तारिखसम्म आफ्नो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अवसर दिने भएको छ । उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यस्तो अवसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको थियो । यही अन्यौल चिर्न हालै कुवेतस्थित नेपाली दूतावासले आममाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा यहीँ रहेर वैधानिक हैसियत प्राप्त गर्ने प्रकृयाबारे जानकारी गराएको छ ।

सोमबार दूतावासले एक सूचना जारी गरी पछिल्लो पटक एमनेष्टि बारे स्पस्ट पारेको छ । सूचनामा गैरकानूनी भएका कामदार के कसरी स्वदेश र्फकन वा भिसा लगाएर कुवेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने उल्लेख गरेको छ ।

दूतावास द्वारा जारी सूचना अनुसार कुवेत सरकारले २३ जनवरी २०१८ मा जारी सूचना अनुरुप आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुदा नभएका र यात्रा बन्देज नलगाएका कामदारहरुको हकमा आफु संग सक्कल राहदानी भए सिधै कुवेतको एयरपोर्ट बाट टिकट काटेर जान पाउने ब्यबस्थाको सम्बन्धमा सर्बसाधरणलाई प्रष्ट पारेको छ ।

अपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण लिएका र मोवाइल लिएका भने मुदा एवम् हिसाब फस्यौटा नभए सम्म जान नसक्ने दूतावासले जनाएको छ । त्यस्तै गरि चोरीको उजुरी नपरेका वा आपराधिक मुदा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनिका कामदारले भने सर्तहरु पुरा गरेर एव जरिवाना तिरेर आवासीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ ।

त्यसैगरी, साथमा राहदानी नभएका कामदारहरुको हकमा यात्रा अनुमति पत्रको लागि नागरिकता वा पासपोर्टको पुरानो प्रतिलिपि एवम् २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६×४ सेमीको फोटोसहित नेपाली दुतावासमा सम्पर्क गर्न समेत दुतावासले जानकारी गराएको छ ।