२ कार्तिक २०८३, सोमबार

वामपन्थी सरकार बन्दैछ, दीपावली गर्न तयार रहनुस्ः अध्यक्ष ओली

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बामपन्थी सरकारले निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार पार्टी कार्यालय धूमबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बामपन्थीको सरकार बन्ने दिन नजिकिएको भन्दै दिपावली गर्न तयार भएर बस्न आग्रह गरे ।

‘अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्छ । अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्छ । नेपालमा विकास नुहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्छ’ अध्यक्ष ओलीले भने ।

उनले काम चलाउ सरकारले संविधान र कानुनविपरित अर्थतन्त्र डामाडोल पारेको आरोप लगाए ।