काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अहिले आफ्नै लगानीमा बन्दै गरेको चलचित्रको छायाँकनमा व्यस्त छिन ।
आफू युवा अवस्था हुँदादेखि नै हिरोइन बन्ने सपना बनाएकी एलिजा बिहे पूर्व केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । मोडलिङ्गमा लागेकी एलिजाले ‘अनुराग’ फिल्म बनाएकी हुन् । एक छोरा र एक छोरीकि आमा एलिजाले फिल्ममा ग्ल्यामर्स सिनहरू दिएकी छिन् ।
अधिकांश छायाँकन सकिएको चलचित्रको दुईवटा गीतको छायांकन बाँकी छ । दरवारमार्गमा छायांकन गरिएको ‘कान्छा जी गाना बजाई देउ न…’ बोलको गीतमा एलिजा र सरोज अधिकारीबीच फिचरिङ गरिएको छ ।
ताराप्रकाश लिम्वु र ममता गुरुङको स्वर रहेको गीतमा ताराले संगीत भरेका छन् । चाडै नै सार्वजनिक गरिने बताइएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ। म्युजिक भिडियोको छायांकनका क्रममा सरोज र एलिजाको भरपुर रोमान्स देख्न सकिन्छ ।
एलिजा र समुन्द्र पण्डितको मुख्य भूमिका रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।















प्रतिक्रिया