काठमाडौं । लमजुङ जिल्ला निवासी गायक रोशन कुताल क्षेत्रीले ‘न्याउली चरी बनमै रुनी हो…’ बोलको गीत ल्याएका छन् ।
गीतमा क्षेत्रीकै स्वर तथा लय रहेको छ । बाबुराम शर्मा ‘सरद’का शब्द गीतमा छन् । रक्षा म्यूजिकको प्रस्तुति रहेको यस गीतको भिडियोमा बाबुराम शर्मा, देविना खड्का र दीपक बस्नेतको अभिनय छ ।
शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले छायाँकन गरेका छन् । भिडियोलाई निर्देशन शिव बिकले निर्देशन गरेका छन् । म्युजिक भिडियोको सम्पादन भने रविन र रमेश विकको रहेको छ ।















प्रतिक्रिया