२९ आश्विन २०८३, बिहिबार

पेलेले भिडियो शन्देशमा भने–म स्वस्थ भएँ र अहिले परिवारसँग छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Peleकाडमाडौँ, २० मंसिर । विश्व चर्चित फुटवल खेलाडी पेले हरेक समय चर्चामा आइरहने व्यक्ति हुन् । उनका हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् ।

उनी पिसाबथैलीको पथरीको समस्या देखिएपछि नोभेम्बर २४ मा साओ पाओलोस्थित अस्पताल भर्ना भएका थिए । त्यति बेला पनि उनी विश्वका सञ्चार माध्ययममा छाएका थिए ।

ब्राजिललाई तीन पटक विश्वकप फुटवलको उपाधि जिताएका ७४ वर्षका पेले फेरि विश्वभरीका सञ्चार माध्ययममा समाचार बनेका छन् ।

आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्तित हुने सबै शुभचिन्तकलाई अस्पतालबाटै उनले धन्यवाद दिए ।  ‘म संसारभरिका तपाईं सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो स्वास्थ्यमा चिन्ता लिनुभयो’ उनले आफ्नो भिडियो शन्देशमा भनेका छन् ।

विविसीका अनुसार पेलेले भगवानको कृपाले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र परिवारसँग रहेको जानकारी दिएका छन् । उनले अघि भनेका छन्–धन्य भगवान । म ठिक छु । म स्वस्थ भएँ र अहिले परिवारसँग छु ।’

अस्पतालका अनुसार पेलेको भिडियो शन्देश गएको बुधबार रेकर्ड भएको हो । भिडियोमा सुरुमा उनी उनी परिवारका सदस्यहरुसँगै बसेर गिटार बजाउँछन् । त्यसपछि पोर्चुगाली र अंग्रेजीमा बोल्छन् ।  ‘तपाईहरुलाई धेरै धेरै धन्यवाद, चिन्ता नलिनुस्’ उनले भने मलाई थाहा छ तपाईहरु मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुन्छ, तर म ठीक भइसकेँ ।’