३० आश्विन २०८३, शुक्रबार

पहिचानसहितको सङ्घीय संविधान : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalललितपुर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताएका छन् ।

ललितपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने संविधान आउनुपर्ने बताए ।

नेपालभरि छरिएर रहेका सबै जातजातिका लागि विगतमा समान व्यवहार नभएको धारणा राख्दै सबै क्षेत्रमा बसोबास गर्ने नेपालीको जाति, धर्म, भाषा, संस्कृति पहिचानका निमित्त राज्यले समान व्यवहार गरिनुपर्नेमा उनले बताए ।

सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सबै क्षेत्रको प्रतिनिधित्व हुने किसिमको संविधान मात्र दिगो हुने बताए ।

जातीय उत्पीडित, भाषा, संस्कृतिको रक्षाका लागि आफूले नयाँ पार्टी स्थापना गरिएको अध्यक्ष राईले बताए ।