४ कार्तिक २०८३, बुधबार

राष्ट्रप्रेम बोकेको गीत लिएर आए लमजुङे गायक सुवास

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमजुङ । लमजुङे गायक सुवास कुँवरले राष्ट्रप्रेम बोकेको नयाँ गीत लिएर बजारमा आएका छन् ।

लमजुङ कलाकार संघका अध्यक्ष समेत रहेका सुवासले गीतमा राष्ट्रप्रेम पोखेका छन् । उनले सर्वहारा जनताको अवस्थामा परिवर्तन नभएकोमा गीतमार्फत् नेताहरुको खबरदारी समेत गरेका छन् ।

केहीदिन अघि मात्रै बजारमा आएको ‘सर्वहारा जनता’ बोलको गीतले संगीत बजार तताएको छ । बेसीसहर नगरपालिका–२ नरुवाल निवासी गायक कुँवरको गीतमा राष्ट्रप्रेमको भावसँगै सर्वसाधारणको यथार्थता पनि झल्किएको छ ।

गायिका शर्मिला थापा र कुँवरको स्वरमा सजिएको दोहोरी गीत गोरखा चौतारी म्युजिक प्रालिले पस्केको हो । गीतमा राजेन्द्र सुवेदीको लय र शब्द अनि संगीत संयोजन कमल सौरगको रहेको छ ।

यसैगरी, साई भिजन प्रालिले निर्माण गरेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायाँकन र विष्णु शर्माले सम्पादन गरेका छन् ।

कलाकारहरु सुनिल लामिछाने र रञ्जिता गुरुङले दर्शकलाई समाजको यथार्थ अनुभूति हुनेगरी गीतका शव्द र भावमा डुबेर अभियान गरेका छन् ।

गायक कुँवरले यसअघि विमाकुमारी दुरा, टिका पुनः, पूर्णकला विसी, संझना भण्डारी, मिना अधिकारी, मुना थापा लगायतका कलाकारहरुसँग गीत गाइसकेका छन् ।