इटहरी, १३ माघ । मनाङलाई १-० ले पराजित गर्दै मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि थ्री स्टारले जितेको छ ।
सुनसरीको इटहरी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारका लागि खेलको ३७ औँ मिनेटमा बुद्ध चेम्जोङले गरेको गोल नै निर्णायक बन्यो ।
विजयी भएको थ्री स्टारले उपाधिसँगै १२ लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, उपविजेता बनेको मनाङले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।















प्रतिक्रिया