२ कार्तिक २०८३, सोमबार

सौर्य एयरले बदमासी गरेपछि नारावाजी, विमानस्थलमा तनावपूर्ण स्थिति

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । सौर्य एयर लाइन्सले यात्रुलाई तोकेको समयभित्र गन्तब्यमा नलगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंबाट भैरहवा उडान भर्नका लागि सुरक्षा जाँचका साथै बोर्डिङ पास लिएर बसेका यात्रुलाई सौर्य एयरलाइन्सले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म अलपत्र पारेको हो ।

यात्रु गंगाराम भट्टराईका अनुसार सौर्य एयर लाइन्सले पूर्वजानकारी बिनै यात्रुलाई ढाँटेर धोका दिएपछि यात्रुहरूले विमानस्थलको आन्तरिक कक्षमा नारावाजी र घेराउ गरेका छन् ।

सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई झापाको भद्रपुर लैजानका लागि नेपालगञ्जको उडानलाई रद्द गरेपछि यात्रुले आक्रोश पोखेका हुन् ।

‘सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई भद्रपुर लैजानका लागि नेपालगञ्जको उडान रद्द गरेको हामीलाई जानकारी दिइएको छ’, यात्रु भट्टराईले भने, ‘एयरलाइन्सको काउन्टरमा बुझ्दा यो जानकारी पाएपछि यात्रुले नारावाजी र धर्ना दिएका छन् । त्रिभुवन विधानस्थलको आन्तरिक कक्षमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।’

सौर्य एयर लाईन्सले यसअघि पनि तोकिएको समयमा उडान भर्न नसकेर यात्रुलाई दुःख दिएको यसअघि पनि पटक पटक गुनासा आएका छन् । तर, एयर लाइन्सले सेवालाई सुधार गर्नेतिर कुनै ध्यान नदिएको आरोप छ ।

यात्रुले दुःख दिने सौर्य एयर लाइन्सलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन् । उनीहरूले विमानस्थलको व्यवस्थापन र सौर्य एयर लाइन्सविरुद्ध नारावाजी गरेको भट्टराईले बताए ।