५ कार्तिक २०८३, बिहिबार

एनसीसी बैंकको नयाँ शाखा सामाखुशीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको नयाँ शाखा काठमाडौँ महानगरपालिका–२६ सामाखुशीमा स्थापना गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक कार्यक्रमका बीच शुक्रबार सो शाखाको उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा बोल्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउदै आगामी दिनहरुमा पनि बैंकले यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले आगामी दिनहरुमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा रहेर अघि बढदै जानका लागि शुभकामना व्यक्त गरे ।

बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बैंकको शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने विश्वास दिलाए ।

एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु-याउन गत वर्ष ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग गाभ्ने/गाभिने प्रक्रिया पश्चात एउटै स्थानमा रहेका शाखाहरुलाई अर्को स्थानमा सार्ने तथा बैंकिङ पहुँच नपुगेका नगरपालिका तथा गाउँपालिकामा ‘क’ वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने नेपाल सरकारको नीति अनुरुप बैंकले पनि निकट भविष्यमा काठमाण्डौँ उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने समेत विज्ञप्ती मार्फत जनाएको छ । उक्त ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसी बैंकको ११२ वटा शाखाहरु पुग्ने जनाएको छ ।