बागलुङ, १२ माघ । नेकपा (माओवादी केन्द्र)का नेता तथा बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद देबेन्द्र पौडेललाई आफ्नै पार्टीका नेताले हातपात गरेका छन् ।
आफूले जिताएको सांसदले आफ्नै ठाउँमा कार्यक्रम गर्न लाग्दा कुनै खबर र समन्वय नगरेको भन्दै माओवादीका जिल्ला नेता तुल्सीराम अर्यालले उनीमाथि हातपात गरेका हुन् ।
अर्यालले बाग्लुङ २ (ख)बाट निर्वाचित प्रदेश सभाका सांसद राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती मगरलाई पनि हातपात गरेको छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको मिराज होटलमा बसेका दुवै सांसदमाथि अर्यालले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पौडेल र घर्ती मगरलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए ।















प्रतिक्रिया