२ कार्तिक २०८३, सोमबार

ओली प्रधानमन्त्री हुँदा चीनसँग गरेको सहमति कार्यान्वयन, आइपुगे हज्जारौँ यी सामान

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएको सहमतिअनुसार चीन सरकारले नेपाललाई ३२ हजार
भन्दा धेरै सौर्य जेनेरेटर नेपाल पठाएको छ ।

चिनियाँ सहयोगमा झण्डै ३३ हजार सौर्य जेनेरेटर नेपाल आईपुगेका हुन् । १० वाटका ३२ हजार र १२ सय वाटको ३ सय २५ वटा सौर्य जेनेरेटर नेपाल आएका हुन् ।

सौर्य जेनेरेटरलाई ५ जिल्लाका भूकम्पपीडितहरूलाई वितरण गरिनेछ । चीनले नेपाललार्इ घरेलु विद्युत उत्पादन क्षमता बढाउने तथा २०७२ को भूकम्पपछि विद्युतबाट बञ्चित परिवारको लागि बिजली सुविधा दिने जनाएको थियो ।

चीनले यो सहयोग गर्ने उल्लेख गर्ने वित्तिकै भारतको समाचार संस्था नवभारत टाइम्सले यसलाई चिनियाँ प्रभाव विस्तार र भारतको टाउको दुखाईको विषय बनेको समाचार उल्लेख गरेको छ ।

सो समाचारमा नेकपा एमालेका अध्यक्ष केपी ओली चीन समर्थक मानिने भन्दै तिनै अध्यक्ष ओली नेतृत्वको बाम गठबन्धनले बहुमत ल्याएको अवस्थामा चीनले सहयोग गरेको जनाएको छ ।

बाम गठबन्धनले बहुमत ल्याएकोले आफ्ना सहयोगी देशहरुलार्इ सहयोगको हात फैलाउन थालेको चीनले नेपालमा पनि सहयोग बढाएको भारतको विश्वास छ ।

भारतीय मिडियाले जरूरी सामानको आपूर्तिका लागि मुख्य रूपले भारतमा निर्भर रहने नेपालले पछिल्लो केही वर्षदेखि चीनको प्रभावमा पर्न थालेको जनाएका छन् । चीन हिमालयका विभिन्न देशमा आफ्नो प्रभाव बढाउने प्रयासमा रहेको छ । यसको लागि चीनले अर्बौं रुपैयाँ खर्च गरिरहेको छ ।

केन्द्रका अनुसार १० वाटको जेनेरेटर व्यक्तिगत प्रयोजनको लागि र बाँकी ३ सय २५ वटा १२ सय वाटको जेनेरेटरहरू संस्थागत प्रयोजनको लागि दिएको बताइएको छ । यी जेनेरेटर सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, ओखलढुंगा र सिन्धुलीका भूकम्पपीडितलाई वितरण गरिनेछ ।