२ कार्तिक २०८३, सोमबार

मोरङका यी जनप्रतिनिधिको सेल्फीले हँगामा मच्चायो

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, ११ माघ । मोरङ जिल्लामा वडा सदस्यको निक्कै आलोचना भएको छ । उर्लाबारी ३ का वडा सदस्य सोमप्रसाद तिम्सिनाले जल्दै गरेको घरमा सेल्फी लिएपछि आलोचना गरिएको हो ।

प्रविधिले नै मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ । यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेका छन् । त्यही घानमा वडा सदस्य तिम्सिना परेका छन् ।

उर्लाबारी–२ का हेमचन्द्र थापाको घरमा मंगलबार बिहान ९ः३० बजे आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको थियो ।

आगलागीको समयमा जनप्रतिनिधिहरू आगो निभाउन व्यस्त भइरहँदा नेपाली कांग्रेसबाट वडा नम्बर–३ का वडा सदस्य भएका सोमप्रसाद तिम्सिना भने सेल्फी हान्न ब्यस्त देखिए । उनको स्थानीयले मात्रै होइन तस्बिर देख्ने सबैले निक्कै आलोचना गरे । मानवीय विपत्तिका बेला तिम्सिनाले आफ्नो फेसबुकमा पोष्ट गरेको सेल्फीको आलोचना भएको हो ।

स्थानीयवासीले आगो निभाउनुको सट्टा सेल्फीमा व्यस्त भएको भन्दै उनले फेसबुकमा पोष्ट गरेको तस्बिरमा निक्कै नराम्रा टिकाटिप्पणी गरेका छन् ।

जनप्रतिनिधिले मानवीय विपत्तिमा सहयोग गर्नुपर्ने कि सेल्फी लिनुपर्ने हो ? त्यति पनि हेक्का राख्न नसक्ने कस्तो जनप्रतिनिधि ? उनको व्यवहारका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ ।