४ कार्तिक २०८३, बुधबार

अमेरिकी कलाकारको सांगीतिक कार्यक्रम हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जावलाखेल फूटबल खेल मैदानमा यही माघ १३ गते शनिबार हुने भविष्यका लागि युवा आवाज: साङ्गीतिक कार्यक्रम २०१८ बारे जानकारी गराउँदै अमेरिकी हिपहप कलाकार आईशा फुकुशिमा । साथमा नेपालका रिदम व्याण्डका दीपक वज्राचार्यलगायत । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १० माघ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमका विषयमा जानकारी दिन बुधबार दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आईशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताए ।

नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘-याप्टिभिज्म’ अर्थात् -याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उनले जानकारी दिए । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

हिपहप कलाका माध्यमबाट अमेरिकामा सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रोत्साहित गरेको इतिहास छ । हिपहप कला नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अल्पसंख्यक समुदायलाई समावेशीकरणका लागि पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

माघ १२ गते शुक्रबार नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय र १३ गते शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा कार्यक्रम गरिनेछ । कार्यक्रममा कलाकार फुकुशिमाको ब्याण्ड, दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, नर्तक समूह र नेपाल हिपहप फाउन्डेशनले कार्यक्रमको प्रस्तुति गर्ने भएका छन् । –रासस