काठमाडौँ, १० माघ । आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका ८३ उम्मेदवारमध्ये १७ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले दावी विरोध र मनोयन फिर्ताको समय कटेपछि मात्रै गर्नेछ । १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि निर्विरोधहरुको औपचारिक घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्विरोध हुनेमा सबैभन्दा धेरै एमालेका ६ जना, काँग्रेसका ५ र माओवादी केन्द्रका ३ जना रहेका छन् । त्यस्तै संघीय फोरमका २ जना र राजपाका १ उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश १
प्रदेश नम्बर १ मा ३ जना निर्विरोध निर्वाचित भएका छन् । काँग्रेस, एमाले र माओवादी केन्द्रका एकएक महिला निर्विरोध भएका हुन् ।
प्रदेश २
प्रदेश नम्बर २ बाट ५ जना निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसका काँग्रेस, माओवादी केन्द्र र संघीय फोरमका एकएक महिला निर्विरोध भएका छन् । त्यस्तै अल्पसंख्यकमा राजपा र दलितमा फोरमका उम्मेदवार निर्विरोध भएका छन् ।
प्रदेश ५
प्रदेश नम्बर ५ मा ३ जना महिला निर्विरोध निर्वाचित भएका छन् । एमालेका २ र काँग्रेसकी १ महिला निर्विरोध भए ।
प्रदेश ७
प्रदेश नम्बर ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् । २ जना एमालेका र १ जना काँग्रेसका महिला उम्मेदवार निर्विरोध भए । अन्य समूहमा काँग्रेस, एमाले र माओवादीका एकएक जना निर्विरोध निर्वाचित भएका छन् ।
यो पनि पढ्नुहोस्ः















प्रतिक्रिया