
नयाँ शैलीका गीत र भिडियोहरू युटुवमा ल्याउने होडबाजी नै चल्न थालेको छ । गायक बाबुराम भुषालले पनि नयाँ प्रयोग सहित गीत र म्यूजिक भिडियो ‘परेली फर्काइ फर्काइ’ भरखरै सार्वजनिक गरेका छन् ।
युरोपमा हुने सांगीतिक मञ्चहरूमा गीत गाएर दर्शक नचाउँदै आएका भुषालले अंग्रेजी नयाँ वर्षको मौका पारेर नयाँ गीत सार्वजनिक गरेका हुन् । हाल नर्वेमा रहेका भुषाल प्रवास रहेर पनि गायनलाई निरन्तरता दिने थोरै नेपाली गायक मध्येमा पर्दछन् ।
भुषालको आफ्नै शब्द र संगीतमा आएको गीतमा देवेन्द्र नेवाले संगीत भरेका छन् । नेपालमा ‘भिमफेदी गाइज’बाट आफ्नो नयाँ शैलीको नृत्यमा टीम र सारा श्रेष्ठको अभिनयमा बनेको भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन् ।
हेर्नुस् भिडियो:













प्रतिक्रिया