२ कार्तिक २०८३, सोमबार

पाकिस्तानसँगको ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ माघ । पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा पाकिस्तानलाई न्युजिल्याण्डले ७ विकेटले हराएको छ ।

१ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । न्युजिल्याण्डलाई जिताउन कोलिन मुन्रोले नट आउट ४९ रनको योगदान गरे । त्यस्तै टोम ब्रुसले २६ तथा रोस तेलरले २२ रन बनाए । पाकिस्तानका लागि रमन रेइसले २ तथा शादव खानले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । उसका बाबर आजमले ४१ र हसन अलीले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डका टीम साउथी र सेथ रान्जले तीन–तीन विकेट लिए ।