२ कार्तिक २०८३, सोमबार

सिलवाललाई खोज्न भट्टेडाँडा पुगेको प्रहरी फौज रित्तै फर्कियो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । नेकपा (एमाले)का सांसद एवम् पूर्व डिआईजी नवराज सिलवाललाई खोज्न ठूलो संख्यामा भट्टेडाँडा पुगेको प्रहरी फौज रित्तै फर्किएको छ ।

सिलवाललाई खोज्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पगेपनि सिलवाललाई भेट्न भने असफल रह्यो ।

सिलवाललाई भट्टेडाँडामा फेला नपारेपछि प्रहरी टोली फर्किसकेको डिएसपी नहकुल पोखरेलले जानकारी दिए । उनी भट्टेडाँडामा रहेको खवर पाएको प्रहरीले उनलाई सर्च गर्न तुरुन्त त्यसतर्फ लागेको थियो ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौँ प्रहरीले उनसँग सोधपुछ गर्न उनलाई खोजिरहेको छ । सिलवाल भने प्रहरीको सम्पर्कमा आएका छैनन् ।