२ कार्तिक २०८३, सोमबार

भारतका सुलक्षण कुलकर्णी ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल आउँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । भारतका सुलक्षण कुलकर्णी ब्याटिङ प्रशिक्षकको रुपमा शनिबार नेपाल आउँदैछन् । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने नेपाली टिमको लागि कुलकर्णी ब्याटिङ प्रशिक्षक रहने छन् ।

उनलाई ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल पठाउने आइसिसीले गरेको निर्णय अनुसार उनी नेपाल आउन लागेका हुन् । कुलकर्णी दिउँसो १२ बजेपछि नेपाल आइपुग्ने र आइतबारदेखि नेपाली टोलीलाई ब्याटिङ प्रशिक्षण दिने क्यानले जनाएको छ । उनी डिभिजन टू प्रतियोगिताभरि नेपाली टोलीसँगै रहनेछन् ।