काठमाडौं । चर्चित लोकदोहोरी गायिका सावित्री जोशी फिल्मी क्षेत्रमा प्रवेश गरेकी छिन् । आर रोसाफी फिल्मसको व्यानरमा रोहित रुम्वाले निर्माण गरेको फिल्म ‘नेप्टे’मार्फत गायिका जोशी फिल्मी गायनमा समेत जम्ने भएकी हुन् ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म ‘नेप्टे’मा गायिका जोशीले ओम सुनारसंग मिलेर गाएको ‘सुपारी काँचो’ वोलको गीत अहिले युट्युवमा समेत सर्वाधिक रुचाइएका गीतहरूमा परेको छ ।
माघे संक्रान्तिका बेला युट्युवमा सार्वजनिक गरिएको उक्त गीत शनिवार बिहानसम्ममा ९३ हजार छ सय ७१ जनाले हेरिसकेका छन् । आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नेप्टे’को उक्त गीतमा बुद्धिमान तमाङ, रोहित रुम्वा,दयाहाङ राई र छुल्ठिम गुरुङको आकर्षक नृत्य समेत रहेको छ ।
२०६५ सालदेखि हालसम्म ४० वटा एल्वममा आवाज दिइसकेकी गायिका जोशीले आफ्नै ६ वटा एल्वम बजारमा ल्याइसकेकी छिन । गायिका जोशीको “छड्के सलाम” बोलको दोहोरी गीत अत्यन्त चर्चित छ । नेपालमा हुने हरेक स्टेज कार्यक्रममा सर्वाधिक रुचाइने गायिकाको रुपमा समेत जोशीले आफूलाई स्थापित गरिसकेकी छिन् ।
















प्रतिक्रिया