१ कार्तिक २०८३, आइतबार

चीनले बनायो हावा सफा गर्ने अग्लो टावर

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् । वायु प्रदुषणमा विश्वै बदनाम सहरका रुपमा चीनको राजधानी बेइजिङलाई चिनिन्छ ।

यहाँ हरेक वर्ष धुवाँ र धुलोका कारण मानिसको दैनिकीमा गम्भी असर परिरहेको छ । समाचार अनुसार यहाँका हरेक व्यक्तिको शरिरमा दैनिक २१ वटा सिगरेट बराबरको धुवाँ पस्ने गरेको छ।

समाचार एजेन्सीले साउथ चाइना मर्निङ्ग पोस्टलाई उधृत गर्दै दिएको समाचार अनुसार यो टवर झियानमा निर्माण गरिएको हो । चाइनिज एकेडमी अफ साइन्समा स्थापित इन्स्टिच्युट अफ अर्थ इनभार्मेन्टका वैज्ञानिकहरु यस टावरको परीक्षणमा जुटेका छन् ।

यो रिसर्च कार्यक्रमका प्रमुख काओ जुन्जीले बताए अनुसार टावर लगाएपछि यसको आसपास १० किलोमिटरको दायरामा केही महिनायता हावाको गुणस्तरमा धेरै सुधार आएको देखिएको छ ।

उनका अनुसार यो टावरले अहिलेसम्म करिब एक करोड क्युबिक मिटर हावालाई सफा बनाइसकेको छ। यो टावरले ग्रीन हाउसेजमार्फत काम गर्ने गरेको छ । जुन यसको जगमा फुटबलको मैदान भन्दा करिब आधा क्षेत्रफलमा बनेको छ।

यो टावरले जटिल अवस्थामा पनि आसपासको हावालाई सफा बनाउने गरेको छ । जुन्जीका अनुसार यो चिनियाँ बैज्ञानिको ठुलो सफलता हो । वैज्ञानिकका अनुसार बेइजिङमा प्रदुषणको स्तर खतरा भन्दा माथि रहेका बेला यो टावरको आसपासको हावा स्वच्छ थियो ।

उनले यो टावरको परीक्षण सुरुवाती चरणमा रहेको बताउँदै अझै धेरै चरणको परीक्षण बाँकी रहेको जानकारी दिए । यो टावरले निकालेको परिणामको सबै विवरण आगामी मार्चमा सार्वजनिक गरिने भएको छ।

जुन्जीका अनुसार दिउँसो समयमा पनि यसले बिजुलीबिना सजिलै काम गर्न सक्छ । परीक्षणका क्रममा यसले धेरै राम्ररी काम गरिरहेको छ ।

उनका अनुसार यो टावर अझै निर्माणका क्रममा छ । पुरा आकारको यो टावर करिब ५०० मिटर (१६४० फिट) अग्लो हुनेछ । जसको चौडाई (डायमिटर) २०० मिटर (६५६ फिट) हुनेछ । यसलाई बनाउनेले २०१४ मा यसका लागि प्याटेन्ट एप्लिकेशन पनि दिएका थिए ।

पुरै आकारमा बनिसकेपछि यसले ३० वर्ग किलोमिटर (११.६ वर्ग माइल) क्षेत्रको हावालाई सफा गर्ने क्षमता राख्छ । साना सहरलाई पुरै सफा हावा उपलब्ध गराउने यस टावरको क्षमता छ ।