भक्तपुर, ५ माघ । भक्तपुरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमासो लगाइएको छ ।
३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउनु पर्ने माग गर्दै आन्दोलनकारीले देउवा, थापा र बिजुक्छेको तस्विरमा कालोमोसो दलेका हुन् ।
मध्यपुर थिमी बाह्खा बजारमा भएको प्रदर्शनमा आन्दोलनकारीहरुले तीन नेताको तस्विरमा कालोमोसो दली आगो लगाएका थिए । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडा तोकेको भन्दै भक्तपुरका स्थानीयले बिरोध जनाएका थिए ।
सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त भएकाले भक्तपुरलाई राजधानी बनाउनु पर्ने उनीहरुको माग रहेको थियो ।















प्रतिक्रिया