काठमाडौँ, ५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले काभ्रेपलान्चोकको भण्डन देउपुर नगरपालिका, वडा नम्बर ६ स्थित सिपाघाटमा नयाँ शाखा विस्तार गरेको छ । सो नयाँ शाखाको उद्घाटन शुक्रबार सूचना तथा संचार मन्त्री एवम् बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेत गरेका छन् ।
बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराए ।
सो समारोहमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवम् स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरु बीच सुमधुर सम्बन्ध रहने विचार व्यक्त गरे ।















प्रतिक्रिया