काठमाडौँ, ५ माघ । नेकपा (एमाले) केन्द्रीय कार्यालयका कर्मचारी रोशन बस्नेतको शंकाष्पद मृत्यु भएको छ ।
बिहीबार राति ८:३० वजे बस्नेतको दुर्घटनामा परी मृत्यु भएको थियो ।
कार्यालयमा गाडी पु-याएर मोटर साइकलमा घर फर्किने क्रममा भक्तपुरको राधे राधे मन्दिर नजिक उनको दुर्घटना भएको थियो । दुर्घटना भनिएको भएपनि बस्नेतको मृत्यु शंकाष्पद रहेको बताइएको छ । उनको कसैले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया