काठमाडौँ, ५ माघ । जापान, अमेरिका लगायतका देशमा पठाउने भनी करोडौँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको थानपती घर भई हाल ललितपुरको तिखेदेवल बस्ने ३९ बर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लोहनीलाई बुधवार काठमाडौँ महानगरपालिका–१६ स्रोहखुट्टेबाट पक्राउ गरेको हो ।
लोहनीले फ्रान्स, जापान, सिंगापुर, अमेरिकालगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको राजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको भनी ३३ जना पीडितहरुले महाशाखामा उजुरी गरेका थिए ।
लोहनीलाई थप अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया