५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा चिसो पीडितलाई कम्बल वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले चिसोका कारण प्रभावित बनेका महोत्तरीका बासिन्दालाई कम्बल वितरण गरेको छ । बैंकले महोत्तरीका गौशला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न समुदायका लागि कम्बल वितरण गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दैनिकज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएका जो कपडाको अभावले जाडोमा दुःख भोगिरहेका मुसहर बस्तीमा कम्बल वितरण गरिएको बैंकका प्रमुख प्रशाशकीय अधिकृत उमंग शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी ४ सय २६ थान कम्बल वितरण गरिएको जनाइएको छ । बैंकका सञ्चालक समिति सदस्य डा.चन्दा कार्कीले ती कम्बल हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशला नगरपालिका वडा नम्बर ५ का प्रमुख धबेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष रामबाबु साह र औरही नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजकिशोर चौधरी र वडा नम्बर २ का अध्यक्ष विनोद परियारलगायतको उपस्थिति रहेको थियो ।