काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीना गजुरेलको सम्बन्ध विच्छेदको भएको छ । मनोज र उनकी पत्नी मीनाले केही समय देखिको आपसी असमझदारीलाई सम्बन्ध विच्छेद गरी टुङ्गयाएका हुन् ।
विशेष स्रोतका अनुसार, मनोज र मीनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि कानूनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । सम्बन्ध विच्छेदबारे हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो ।
दुवैले सम्बन्ध विच्छेदको कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मीना अलग–अलग नै बस्दै आइरहेका थिए । कानूनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् । मीना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।
पति मनोजसँग सम्बन्ध विच्छेद गरेपछि मीना बुटिक सञ्चालन गर्ने तयारीमा लागेकि छिन् । मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् ।
हाँस्यकलाकार मनोज गजुरेल र मिनाले वि.सं. २०५३ सालमा पहिलो पटक भेट भएको थियो । त्यसपछि केही समय प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।















प्रतिक्रिया