२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सभामा प्रदेश नम्बर ४ बाट एमालेका १० जनाको नाम सिफारिस, को-को परे ?

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ माघ । नेकपा एमालेले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभा सदस्यका लागि १० जनाको नाम सिफारिस गरेको छ ।

एमाले प्रदेश नम्बर ४ संगठन कमिटीको बिहीबार पोखरामा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका आंकाक्षीहरुको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको हो । एमाले र माओवादीको भागबण्डामा एमालेले चार जना पाउने भए पनि १० जना आकांक्षीको नाम सिफारिस भएको छ ।

एमालेले पाउने अन्य जातिको कोटाका लागि पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक गणेश तिमिल्सिनाको एकल नाम सिफारिस गरेको छ । एमालेबाट अन्य जातिबाट पाउने एक सिटमा एक जना मात्रै सिफारिस गरेका कारण तिमिल्सिना उम्मेदवार हुने पक्कापक्की छ ।

दुई महिलाका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस भएकामा शान्ति अधिकारी (बागलुङ्ग), बिमला बोगटी (गोरखा), दानकुमारी पाण्डे (नवलपुर), दिपा गुरुङ्ग (लमजुङ्ग) र चित्रा नेपाली (स्याङ्गजा) रहेका छन् ।

यसैगरी, १ जना अल्पसंख्यक वा अपांग कोटामा पनि ३ जनाको नाम सिफारिस भएको छ । अल्पसंख्यक रअपांग कोटामा केपी अधिकारी (म्याग्दी), रामबहादुर थापा (स्याङ्गजा) र सूर्य खड्का बिखर्ची (कास्की) को नाम सिफारिस भएको हो ।

प्रदेश कमिटिले सिफारिस गरेका नामलाई स्थायी कमिटीले अन्तिम टुंगो लगाउनेछ ।