भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गस्ती टोलीले आज ठूलो परिमाणमा लाखौँ मूल्य बराबरका सुपारीका साथै रासायनिक मल बरामद गरेको छ ।
मेचीनगरपालिका–१० भएर १९ वटा रिक्सामा लोड गरी भारततर्फ लाँदै गरेको अवस्थामा सात हजार १ सय ७८ किलो सुख्खा सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसै गरी भारतबाट नेपालतर्फ ल्याइरहेको ३०० किलो युरिया र १०० किलो पोटास मल पनि बरामद गरिएको छ ।
बरामद गरिएका तीनवटै सामानको मूल्य आठ लाख ६८ हजार ६ सय ८० रहेको छ । सामान आवश्यक कारबाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा दाखिला गरेको जनाइएको छ ।













प्रतिक्रिया