दाङ, ४ माघ । दाङ जिल्लामा सुविधा सम्पन्न होटल माला सञ्चालनमा आएको छ ।
घोराही उपमहानगरपालिका–१४ मेनरोडमा रु १५ करोड ५० लाखको लगानीमा होटल माला बिहीबारदेखि सञ्चालनमा आएको हो ।
घोराही निवासी ओविन्द्र महरा र उहाँका श्रीमती जुना केसी महराले उक्त होटल सञ्चालन गरेका हुन । छ तला रहेको उक्त होटलमा लिफ्टको समेत सुविधा छ । लिफ्टसहितको होटल माला जिल्लामै पहिलो हो ।
उक्त होटलमा ४९ वटा कोठा र चारवटा कार्यक्रम हल रहेको छ । होटलमा ३५ जनाले रोजगारी पाएका छन् । होटलमा एकैपटक १०७ जना बास बस्न मिल्ने प्रालिका अध्यक्ष ओविन्द्र महराले जानकारी दिनुभयो ।
उक्त होटल पाँच कट्ठा जमिनमा निर्माण गरिएको छ । आमा माला महराको नामबाट होटलको नाम राखिएको र पर्याप्त पार्किङ, पानीमा शुद्धीकरण, खानामा गुणस्तरीय र व्यवहारमा शिष्टता नै होटलको पहिचान हुने अध्यक्ष महराको भनाइ छ ।















प्रतिक्रिया