काठमाडौँ, ४ माघ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा स्ट्राइकर लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्नबाट चुकेपछि बार्सिलोना पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।
बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ६२ औँ मिनेटमा बार्साले पाएको पेनाल्टी मेस्सीले सदुपयोग गर्न सकेनन् । ८८ औँ मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डोले गोल गरेसँगै बार्साले हार बेहोर्न बाध्य भयो ।















प्रतिक्रिया