२९ आश्विन २०८३, बिहिबार

बेलायती राजदूतद्वारा ‘ई–वकर्स युके’ कार्यालय उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

britsh=coladgeकाठमाडौं, १८ मंसिर । नेपालस्थित बेलायती राजदूत एण्डी स्पार्क सिएमजीले द ब्रिटिस कलेजको भागिनी संस्था ई वकर्स युकेको बिहीबार उदघाटन गर्नुभएको छ ।

ई–वकर्स युके कम्पनी नेपालमा सफ्टवेयर निर्माण गरी विदेशमा निर्यात गर्ने उद्देश्यका साथ खोलिएको हो । राजदूत एण्डीले आफूले कार्यालय उद्घाटन गर्न पाएकोमा गौरावान्वित भएको बताउनुभयो ।

कम्पनी उद्घाटनक्रममा बेलायती राजदुत स्पार्कले भन्नुभयो, ‘ई वकर्स युके कम्पनीले अन्तर्राष्ट्रिय सफट्वेयर बजारमा सेवा मात्र दिने छैन, यसले स्थानीयतवरमा विद्यार्थीहरुलाई व्यवसायिक अनुभव बटुल्ने अवसर पनि मिल्नेछ ।’

थापाथलीस्थित टे«ड टावरमा रहेको द ब्रिटिस कलेज हाताभित्रै उक्त कम्पनी खोलिएको छ । कम्पनीमा ख्यातीप्राप्त सफ्टवेयर डिजाइनर हुनेछन्, जसले विभिन्न मागअनुसार सफ्टवेयर निर्माण गरी आउटसोर्सिङ गर्नेछन् ।

यसैबीच, बेलायती राजदुत स्पार्कले वेष्ट अफ दी इंग्ल्याण्ड विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट गरेकोमा द ब्रिटिस कलेजमा अध्ययनरत कल्पना पन्तलाई सम्मान गरेका थिए । निरीक्षणमा राजदुत स्पार्कले ब्रिटिस कलेजको भौतिक संरचना ज्यादै लोभलाग्दो र उत्कृष्ट भएको प्रंशसा गर्नुभयो ।

बेलायती राजदुत स्पार्कले द ब्रिटिस कलेजका प्रमुख कार्यकारी निर्देशक राजन कँडेललाई बेलायती मान्यताप्राप्त कलेज नेपालमा ल्याएकोमा धन्यवादसमेत ज्ञापन गर्नुभयो ।  ई–वकर्स युके कम्पनीका प्रवन्धक तथा द ब्रिटिस कलेजका सिइयोसमेत रहेका राजन कँडेलले कार्यालय उद्घाटन गर्न आएकोमा बेलायती राजदुतप्रति आभार प्रकट गर्नुभयो ।