२ कार्तिक २०८३, सोमबार

नवराज सिलवाललाई जहाँ भेट्यो त्यही पक्राउ गर्न निर्देशन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन् ।

प्रहरी प्रधान कार्यालयले बुधबार पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो । काठमाडौं प्रहरीको खोजीमा रहेका सिलवालविरुद्ध सातै प्रदेशमा खोजेर समात्न पत्राचार भएको प्रहरी स्रोतले जानकारी दियो । तर, प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने यसमा अनभिज्ञता जाहेर गरे ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वाचित नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू फरार नभएको जानकारी दिएका थिए ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो ।