२ कार्तिक २०८३, सोमबार

सरकारले कहाँ तोक्यो प्रदेशको अस्थायी राजधानी ? प्रदेशप्रमुख को ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ ३ । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ ।बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ ।

प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को रुपन्देही, प्रदेश–६ को सुर्खेत र प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ ।

प्रदेशप्रमुखमा भने प्रदेश नम्बर–१ मा डा. गोविन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाप्रसाद खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

उनीहरुलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनीयताको शपथ दिलाउनुपर्नेछ ।यसैगरी, अस्थायी राजधानी तत्कालका लागि तोकिएको हो । प्रदेशसभाले प्रदेश राजधानी परिवर्तन गर्नसक्नेछ ।