२९ आश्विन २०८३, बिहिबार

एमालेद्धारा परिषद सदस्य ढुङ्गानासँग परामर्श

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMLकाठमाडौं । एमालेले न्यायपरिषदका सदस्य खेमनारायण ढुङ्गानासँग न्यायाधीश नियुक्तिका विषयमा परामर्श गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा आज (बुधबार) विहान एमालेको कानुन विभागले सदस्य ढुङ्गानासँग छलफल गरेको हो । अधिवक्ता ढुङ्गाना परिषदका सदस्य हुन् ।

उनले परिषदले सिफारिस गरेका आठ न्यायाधीश ऐन कानुन अनुसार सिफारिस गरेको बताउँदै आएका छन् । परिषदले गरेको निर्णय पुनःविचार गर्न नसकिने सदस्य ढुङ्गानाले सार्वजनिक अभिव्यक्ति दिई सकेका छन् ।

उता, संसदको सार्वजनिक सुनुवाई समितिले समेत न्यायाधीश नियुक्तिमा गरेको सिफासिरका सम्बन्धमा असन्तुष्टि जनाइ परिषदका अध्यक्ष र सदस्यहरुसँग छलफल गर्ने निर्णय मंगलबार गरेको थियो ।

न्यायाधीश नियुक्तिलाई लिएर बिवाद भई रहेका बेला एमालेले परिषदका सदस्य ढुङ्गानासँग छलफल गरेको हो ।