२९ आश्विन २०८३, बिहिबार

अलैँची गोदाममा आगलागी, एक करोडभन्दा बढीको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alaichi-nepalझापा, १८ मंसिर  । झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको एक अलैँची गोदाममा बिहीबार बिहान आगलागी भएको छ ।

स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे–राधे ट्रेडर्समा बिहान ३ बजे आगलागी भएको सुजित वंशलले जानकारी दिनुभयो । आगलागीबाट १०० बोरा बढी तयारी अलैँची नष्ट हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अलैँची गोदाममा लागेको आगो स्थानीयवासी र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले एक घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।