काठमाडौं, २ माघ । विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो, एईसीसी ग्लोबल । एईसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षका लागि सहि सल्लाह सुझाव, विश्वविद्यालय तथा उपयुक्त देशका बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको वर्षमा कम्तिमा दूई पटक आयोजना गर्दै आइरहेको छ । गत वर्ष संस्थाद्वारा आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सयभन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । यस पटक संस्थाले अष्ट्रेलिया एड्मिसन डे ज्यानुअरी २०१८, ज्यानुअरी १६, १८ र १९ मा आयोजना गर्ने तयारी गरेको छ ।
अष्ट्रेलियन एड्मिसनस् डे को आयोजना ज्यानुअरी १६, २०१८ काठमाडौं (होटल याक एण्ड यती) मा सम्पन्न भयो जसमा १००० भन्दा बढी बिधार्थी र अभिभावकको सहभागिता रहेको थियो । यसै गरि ज्यानुअरी १८ २०१८ मा चितवन (भरतपूर गार्डेन रिसोर्ट) र ज्यानुअरी १९ २०१८ मा पोखरा (होटल पोखरा ग्राण्डी)मा विहान १० देखि बेलुकी ५ बजे सम्म आयोजना हुने जानकारी दिइएको छ ।
समारोह मध्य काठमाडौंमा आयोजना भएको अष्ट्रेलिया एडमिशनस् डे मा ३४ कोर्षका प्रदायकको सहभागिता रहेकोे थियो र पोखरा तथा चितवनमा भने १४ कोर्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्ति मार्फत दिइएको छ ।
नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस बर्षको काठमाडौंमा आयोजना भएको संस्करणमा १ हजार भन्दा बढी बिधार्थी र अभिभावकको सहभागिता रहेको थियो तथा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले गर्नु भएको जानकारी दिइएको छ ।
‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रबृत्ति तथा भिसा डक्यूमेण्टेसन संग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ वर्षको दुई पटक आयोजना गर्दै आइरहेको छौँ । विद्यार्थीले विश्व विद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामी विश्वविद्यालयलाई नै विद्यार्थी सामू ल्याउने हर सम्भव प्रयास गर्छौँ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।
सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेकालागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्छ ।
संस्थामा ४० भन्दा बढी क्यूईएुसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका छन् । एईसीसीले विद्यार्थीका लागि शिक्षाको आवश्यकता र तिनको जीवनमायसको महत्वलाई बुझी योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि कलेजमा सर्वाधिक छात्रबृत्तिका लागि काउन्सिलिङ्गको प्रयास गर्छ ।
देश विकासका लागि यूवा जनशक्तिको आवश्यकतालाई दृष्टिगत गर्दै एईसीसीले आफ्नो शैक्षिक कार्यक्रमको समाप्ति पछि देश फिर्तिका लागि समेत सल्लाह प्रदान गर्छ ।
‘शैक्षिक गन्तब्यबाट फर्केसंगै हामी सदैव विद्यार्थीलाई देशका लागि उल्लेख्य काम गर्न प्रेरित गर्छौँ । तिनले विदेशमा आर्जेको ज्ञानले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि हामी सक्दो प्रेरित गर्छौँ । हामी सदैव विद्यार्थीलाई देशका लागि उल्लेख्य कामग र्न प्रेरित गर्छौँ’, एईसीसीका निर्देशकहरु रञ्जित कुमार अग्रवाल र सचिन उपाध्यायले भने ‘एईसीसीको प्रमुख उद्देश्य भन्नु नै विद्यार्थीलाई देश विकासका लागि सहयोग गर्नु हो । यहीकारण हामी राष्ट्र निर्माण तथा विकासका लागि उपयोगी कोर्षहरु समेत प्रदान गर्दै आइरहेका छौँ ।’















प्रतिक्रिया