२९ आश्विन २०८३, बिहिबार

‘साह’का सम्बन्धमा सदभावनामा मतभिन्नता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Taklaकाठमाडौं । जनकपुर बमकाण्ड प्रमुख आरोपी निलम्वित सभासद सञ्जय साहलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सदभावना पार्टीले कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

राजधानीमा आज (बुधबार) बसेको पदाधिकारीहरुको बैठकले बमकाण्ड आरोपमा पक्राउ परेका साहका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । बैठकमा साहलाई कारबाही गर्ने वा नगर्ने विषयमा पदाधिकारीबीच मत बाझिएको स्रोतको भनाई छ ।

‘पक्राउ परेका सञ्जय साहका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका छौं,’ अध्यक्ष महतोले भने, ‘उनका विषयमा छिट्टै निर्णय हुन्छ ।’

जनकपुर बमकाण्डमा साह प्रमुख योजनाकार रहेको प्रहरी भनाई छ । साहलाई संविधानसभाले निलम्वन समेत गरिसकेको छ ।

संविधानसभा निर्वाचनमा साहले धनुषा क्षेत्र नम्बर चारबाट सदभावना पार्टीबाट निर्वाचित भएका थिए । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।